२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

एमालेमा ओलीविरुद्ध उभिएका नेताले पाएनन् टिकट

नेकपा एमालेले हिजो शनिबार अन्तिम उम्मेदवार सूची टुंग्याउँदा गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका अधिकांश नेताहरूले टिकट पाएनन् । एमालेको उम्मेदवार छनोट प्रक्रियामा ओली समूहसँग प्रतिस्पर्धा गरेका लगभग सबै नेताहरूको टिकट काटिएको हो ।

अध्यक्ष ओलीले आफ्नै समूहमा रहेका नेताहरूलाई प्राथमिकता दिँदै ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूको स्थानमा आफ्ना समर्थकलाई उम्मेदवार बनाएका छन् । योगेश भट्टराईको ठाउँमा ताप्लेजजुङमा अध्यक्षले टुंग्याउने गरी खाली राखिएको छ भने तेह्रथुमबाट भानुभक्त ढकाललाई टिकट दिइएको छ ।

त्यस्तै, यसअघि रुपन्देहीबाट प्रतिस्पर्धा गर्दै आएका विष्णु पौडेललाई पाल्पा–२ बाट उम्मेदवार बनाइएको छ । पौडेलले पाल्पा–२ बाट टिकट पाएसँगै त्यहीँबाट आकांक्षी ठाकुर गैरेको टिकट काटिएको छ । ओलीविरुद्ध उभिएका नेताहरू ईश्वर र योगेशसहित, गोकुल बाँस्कोटा, विनोद ढकाल लगायतले यसपटक टिकट नपाउने भएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार