आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । कतिपयका घर अझै बनेका छैनन् । सरकारी सम्पत्ति पनि अझै बनेको छैन भने लाखौँले बसोबास नै बदल्नु पर्ने स्थिति आएको छ ।
सचेतना नभएकै कारण ठूला ठूला महल बन्न रोकिएका छैनन् । कमजोर भूमिलाई प्लटिङ गरेर बेच्दा सहरमा समस्या आएको छ भने ग्रामिण भेकका कमजोर जमीन भएका बस्तीलाई व्यवस्थित गर्न सकिएको छैन ।
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार
सत्यपाटी