२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

गगन-विश्वलाई कांग्रेस संस्थापनको चेतावनी, पार्टी विभाजनको संघारमा

पाली कांग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ । मंगलबार पार्टी एकीकृत बनाएर लैजाने बारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै आज बुधबार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो ।

यदी महामन्त्रीद्वयले पार्टीको केन्द्रीय समितिले गरेको बैठकको निर्णय नमाने अन्य निर्णय लिनुपर्ने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले चेतावनी दिए । वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्दै उनले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्ने बताए ।

अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको उनको भनाई थियो । अझै आफूहरु सकारात्मक नतिजा निस्किनेमा आशावादी रहेको महतले बताए । समग्र पार्टीलाई जोडेर आम निार्वचनमा जाने र राम्रो परिणाम हासिल गरेपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने महतले बताए । उनका अनुसार वार्ता र संवाद नेतृत्व तहबाट भइरहेको छ ।

उनले भने, ‘हिजोको छलफलमा हाम्रो कोशिष छलफल गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर जानुपर्छ । त्यसपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्नेमा स्पष्ट छौँ । एकातिर विशेष अधिवेशन भनेर गरिरहँदा हाम्रो नेतृत्वले अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने होइन, अहिले एक हुने बेला हो । त्यही किसिमबाट सम्पूर्ण पार्टीको तलदेखि माथिसम्मको कमिटीलाई आह्वान गरिएको हो । अझै पनि सकारात्मक नतिजा निस्किन्छ की भन्नेमा छौँ ।’

उनले थपे, ‘पार्टीलाई जोडेर हामी आम निर्वाचनमा जाऔँ । सबै एकजुट भएपछि पार्टीको पक्षमा राम्रो परिणाम आउँछ । त्यसपछि पार्टीको नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ । अब विग्रहको बाटोमा जानुहुन्न । स्वभाविक, मजुबत गर्ने विषयलाई पार्टी केन्द्रीय समितिले समावेश गरेर अघि बढ्नसक्छ । राति बेलुकासम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने नेतृत्वको लचकता रहेको छ ।’ केन्द्रीय कार्य समितिको बैठक आज बुधबार बिहान पुनः बस्नेछ ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार