२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

कांग्रेस विशेष महाधिवेशनमा आज उमेदवारी दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ३० गते बुधबार

नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो । उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको थियो ।

मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपछि दर्ता गरिने भनिएको थियो । त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो । कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार