२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ३० गते बुधबार

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ ।

आज अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा थियो । यही पुस २ गते अमेरिकी डलर एकको खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो ।

अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो एकको खरिदर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा छ । हिजो युरो एकको खरिदर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ एकको खरिदर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा छ ।

हिजो पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा थियो । आज अस्ट्रेलियन डलर एकको खरिदर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज कुबेती दिनार एकको खरिदर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा छ । हिजो कुबेती दिनार एकको खरिदर ४७० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६९ पैसा थियो । आज बहराइन दिनार एकको खरिदर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा कायम भएको छ ।

हिजो बहराइन दिनार एकको खरिदर ३८१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४५ पैसा थियो । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.01 144.61
eur (European Euro)
1 168.03 168.73
gbp (UK Pound Sterling)
1 194.00 194.81
chf (Swiss Franc)
1 180.38 181.14
aud (Australian Dollar)
1 96.47 96.87
cad (Canadian Dollar)
1 103.73 104.17
sgd (Singapore Dollar)
1 111.87 112.34
jpy (Japanese Yen)
10 9.06 9.10
cny (Chinese Yuan)
1 20.64 20.73
sar (Saudi Arabian Riyal)
1 38.40 38.56
qar (Qatari Riyal)
1 39.40 39.56
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.21 39.37
myr (Malaysian Ringgit)
1 35.49 35.64
krw (South Korean Won)
100 9.77 9.81
sek (Swedish Kroner)
1 15.69 15.76
dkk (Danish Kroner)
1 22.49 22.58
hkd (Hong Kong Dollar)
1 18.46 18.53
kwd (Kuwaity Dinar)
1 470.93 472.89
bhd (Bahrain Dinar)
1 382.00 383.60
omr (Omani Rial)
1 374.05 375.61
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार