सरकारले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो ।
बैठकका निर्णयहरू सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रियसभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताए ।
उनकाअनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका आठ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।
२०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९औँ सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए ।
सत्यपाटी