नेपाली कांग्रेसको भित्री विवाद मिलाउन दोस्रो चरणको दुई पक्षीय वार्ता राजधानीको बालुवाटारमा सुरु भएको छ । विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबीच पार्टी फुट रोक्ने उद्देश्यका साथ वार्ता भइरहेको हो ।
वार्ता टोलीमा विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्य प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् भने देउवा–शेखर कोइराला समूहबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल सहभागी छन् ।
आज बिहान भएको पहिलो चरणको बैठकमा ठोस सहमति जुट्न सकेको थिएन । दोस्रो चरणमा नेताहरू सहमति निर्माणमा जोड दिइरहेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ । पार्टी फुट हुन नदिन यी वार्तालाई निर्णायक मोड मानिएको छ ।
सत्यपाटी