२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

काँग्रेसमा फूटको संकेत, महाधिवेशन स्थलबाट किन बाहिरिए चन्द्र र सुनील ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २९ गते मंगलबार

पार्टी विभाजनमा साथ नदिने भन्दै नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन प्रक्रिया अघि बढाएपछि दुवै नेता महाधिवेशन स्थलबाट बाहिरिएका हुन् ।

भण्डारी सानेपास्थित केन्द्रीय कार्यसमिति बैठकमा पुगेका छन् भने शर्मा पनि स्थल छाडेर बाहिरिएका छन् । डा.भण्डारीले आफू विशेष महाधिवेशनको विपक्षमा नरहेको तर पार्टी फुट स्वीकार्य नहुने स्पष्ट पारेका छन् । ‘महाधिवेशनलाई सेफ ल्यान्डिङ चाहिन्छ, पार्टी मिलेर जानुपर्छ,’ उनले बताएका छन् ।

निर्वाचन तालिका सार्वजनिक भएसँगै उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भइसकेको छ । सचिवालय संयोजक मनोमणि आचार्यले ‘नयाँ नेतृत्व चयनको रेल गुडिसक्यो, अब रोकिन्न’ भन्दै प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् । विशेष महाधिवेशन अघि बढेसँगै सभापति शेरबहादुर देउवामाथि पार्टी फुटबाट जोगाउने दबाब झन् बढेको छ ।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार