२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

नेकपाका दुई हजार ४९९ केन्द्रिय सदस्यले लिए सपथ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय तहको सांगठनिक संरचना पूर्ण गर्दै एकैपटक २दुई हजार ४९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएको छ । पार्टी एकतापछि बाँकी रहेको सबैभन्दा महत्वपूर्ण काम संगठनात्मक समायोजन यससँगै टुंगिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा ९६ वर्षीय जेष्ठ सदस्य नन्दकुमार प्रसाईँले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई शपथ खुवाएपछि शपथ प्रक्रिया सुरु भएको हो । त्यसपछि संयोजक प्रचण्डले उपस्थित केन्द्रीय सदस्यहरूलाई सामूहिक रूपमा शपथ गराएका थिए ।

काठमाडौं उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरू भने भर्चुअल माध्यमबाट शपथ प्रक्रियामा सहभागी भए । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित १९ वटा वामपन्थी दल र समूह समेटेर बनाइएको एकीकृत पार्टीले यसरी ‘जम्बो’ केन्द्रीय समिति तयार गरेको छ ।

गत कात्तिकमा पार्टी एकताको घोषणा भए पनि केन्द्रीय तहको समायोजन रोकिँदा संगठनात्मक संरचना अपूरो थियो । मंगलबारको शपथसँगै पार्टीले औपचारिक रूपमा पूर्ण केन्द्रीय समिति पाएको छ, जसलाई नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै सबैभन्दा ठूलो केन्द्रीय कमिटीमध्ये एकका रूपमा हेरिएको छ ।

शपथ समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एकतालाई यहीँ सीमित नराखिने स्पष्ट पारे । उनले भने, ‘हामी आज एक ठाउँमा उभिएका छौँ । यो सुरुवात मात्र हो । वाम एकतालाई अझै फराकिलो र मजबुत बनाउनु हाम्रो लक्ष्य हो ।’

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार