२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

कांग्रेस विवाद समाधान गर्न अन्ततः झुके देउवा, आज निर्णयक वार्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २९ गते मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्ततः झुकेका छन् । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएसँगै सभापति देउवा झुकेका हुन् ।

विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन् । समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन् ।

संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन् । भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशनमा जारी छ ।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार