कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्द सत्रले केन्द्रीय विशेष महाधिवेशन नञ्चालन कार्यविधि पारित गरेको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटनको प्रस्ताव गरिएको छ । प्रस्तावमा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गरी १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव गरिएको छ ।
बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । महामन्त्री शर्माले पछिल्ला ३४ वर्षमा ३० पटक सरकार परिवर्तन हुनु राजनीतिक अस्थिरता र नेतृत्वको असफलताको द्योतक भएको टिप्पणी गरेका छन् । सरकार परिवर्तनसँगै आशा जाग्ने तर दीर्घकालीन अस्थिरताले नागरिकलाई निराशातर्फ धकेलेको उनको भनाइ थियो ।
यस्तो छ महामन्त्री शर्माले बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदन
Skip to PDF content
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार
सत्यपाटी