नयाँ वर्ष आइसके पनि घरको भित्तामा पुरानो क्यालेन्डर लामो समयसम्म झुन्डिरहेको हुन्छ । यदि तपाईँको घर वा कार्यालयमा अझै पनि पुरानो क्यालेन्डर झुण्डिरहेको छ भने यसले तपाईँको प्रगतिमा बाधा पुर्याउन सक्छ ।
वास्तु शास्त्रका अनुसार बितेको समयलाई घरमा टाँसिरहनुले सकारात्मक ऊर्जालाई रोक्ने र मानसिक अशान्ति निम्त्याउने विश्वास गरिन्छ । समयलाई भगवान्को स्वरूप मानिने हुनाले बितेको समयलाई सम्मानपूर्वक बिदा नगर्दा भविष्यका योजनाहरूमा अड्चन आउन सक्ने वास्तुविद्हरूको दाबी छ ।
धार्मिक मान्यता अनुसार पुरानो क्यालेन्डर ठहरीएको वा रोकिएको ऊर्जाको प्रतीक हो । यसले घरका सदस्यहरूको निर्णय लिने क्षमतामा ह्रास ल्याउने, आर्थिक समस्या बढाउने र पारिवारिक तनाव सिर्जना गर्ने सम्भावना रहन्छ ।
विशेषगरी क्यालेन्डरमा उदास तस्बिर, सुकेका रुख वा अस्ताउँदो सूर्यको चित्र छ भने त्यसले झन् नकारात्मक प्रभाव पार्छ । शास्त्रका अनुसार पुरानो वर्षका स्मृतिहरू र पुराना तिथिहरूले घरमा नकारात्मक कम्पन पैदा गर्छन्, जसले गर्दा व्यक्ति पुरानै डर र असफलताबाट बाहिर निस्कन सक्दैन ।
वास्तु दोषबाट बच्नका लागि नयाँ वर्ष सुरु हुनेबित्तिकै वा सुरु भएको केही दिनभित्रै पुरानो क्यालेन्डर हटाउनु पर्छ । पुरानो क्यालेन्डरलाई जथाभाबी फोहोरमा फाल्नुको सट्टा सम्मानपूर्वक नष्ट गर्न वा रिसाइकल गर्न सुझाव दिइन्छ ।
नयाँ क्यालेन्डर लगाउनुअघि घरमा दियो बालेर नयाँ ऊर्जालाई स्वागत गर्नु शुभ मानिन्छ । कार्यालयमा पनि पुरानो क्यालेन्डर राख्दा कार्यक्षमता र व्यावसायिक वृद्धिमा असर पर्ने भएकाले समयसँगै चल्नु नै जीवनको धर्म भएको विज्ञहरू बताउँछन् ।
सत्यपाटी