सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई.पृथ्वीचन्द्र खनाल (पृथ्वी)को शब्द तथा संगीतमा तयार भएको क्रिकेट गीत ‘नमस्ते नमस्कार’ सार्वजनिक भएको छ । उक्त गीत आगामी टी–२० पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो ।
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपलाई लक्षित गर्दै तयार गरिएको यस गीतलाई “सुन्दर हिमाली राष्ट्र नेपालको क्रिकेट गान (Cricket Anthem of Himalayas) नाम दिइएको छ । म्युजिक भिडियोले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन, उत्साह र देशभक्तिको सन्देश दिन्छ ।
लोकेन्द्र सुब्बाको संगीत संयोजन तथा निर्देशनमा बनेको भिडियोमा पृथ्वी खनालसहित आर.सी. रिमाल, करणराज कार्की, प्रीति कौर, बुलेट फ्लो र डियोन को स्वर तथा अभिनय रहेको छ । उक्त म्युजिक भिडियो पृथ्वी खनालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार
सत्यपाटी