नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चुलिँदै जाँदा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा सहभागी भएनन् ।
आज बिहान सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरू उपस्थित भए पनि दुई महामन्त्री भने अनुपस्थित रहे ।
पार्टी नेतृत्वले बैठकमार्फत आन्तरिक छलफल अघि बढाउन खोजिरहेका बेला महामन्त्रीद्वयले भने विशेष महाधिवेशनकै प्रक्रियामा अघि बढ्ने अडान दोहोर्याएका छन् ।
उनीहरूले २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसभित्र विधि र नेतृत्वबीचको टकराव यससँगै थप सतहमा आएको छ ।
प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार
सत्यपाटी