जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छापिएको छ । केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
प्रवक्ता कुँवरका अनुसार केन्द्रले मंगलबार र बुधबार १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको छ । केन्द्रले आज बिहीबारदेखि सामानुपतिकको मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको जानकारी दिँदै उनले करिब केन्द्रले दुई करोड आठ लाख समानुपातिक पत्र छपाइ हुने बताए ।
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार
सत्यपाटी