नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सव (पौष २६ गते)को पूर्व सन्ध्यामा बुधबार निगमको केन्द्रीय कार्यालय बबरमहलमा ‘खुला रक्तदान कार्यक्रम’ आयोजना गरेको थियो । ‘रक्तदान नै जीवनदान हो’ भन्ने पवित्र उद्देश्यका साथ आज बबरमहल, काठमाडौंमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यालय परिसरमा सम्पन्न कार्यक्रम विहान ११ बजेदेखि दिउँसो ३ः३० बजेसम्म रगत संकल गरिएको थियो । यस अवसरमा निगमका कर्मचारी, कर्मचारी परिवार, बबरमहल क्षेत्रका अन्य कार्यालयका कर्मचारी तथा निगम सम्वद्ध अन्य १६७ जना ब्यक्तिहरू रक्तदाताले रक्तदान गर्दा १६७ पिन्ट रगत संकलन भएको छ ।
रक्तदातालाई रक्तदान सक्ने बितिकै निगमको तर्फबाट रक्तदातालाई प्रसंशा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । विगतदेखि नै निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा यस प्रकारको रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । निगमले आफ्नो व्यावसायिक जिम्मेवारीका साथसाथै सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता मानवीय कार्यहरूलाई निरन्तरता रूपमा गर्दै आइरहेको छ ।
निगमका कार्यकारी निर्देशक डा.चण्डीका प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमूख अतिथि निगम सञ्चालक समितिका अध्यक्ष डा.रामप्रसाद घिमिरेले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको समुदघाटन गरेका थिए । अध्यक्ष डा.घिमिरे रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु निरन्तर भइरहनुपर्नेमा जोड दिए ।
उनले निगमले यस प्रकारका रक्तदान कार्यक्रम नियमित गर्दै जाओस् भनी शुभकामना ब्यक्त गर्दै कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, रक्तदाता र स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । रक्तदान कार्यक्रमका संयोजक नागेन्द्र साहज्यूले समय समयमा देखिने गरेको रगतको अभावलाई कम गर्न सबै स्वस्थ ब्यक्तिले नियमित रूपमा रक्तदान गर्न समेत आग्रह गरे ।
यस अवसरमा गत वर्ष निगमको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि १४७ प्रिन्ट रगत संकलन गरेकोमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, भृकुटीमण्डपको तर्फबाट सन्देश थापाले निगमको कार्यकारी निर्देशकलाई प्रसंशा पत्रसमेत हस्तान्तरण गरेका थिए ।
सत्यपाटी