२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

आज कति छ अमेरिकी डलरको मूल्य ? हेर्नुस् विनिमयदर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २४ गते बिहीबार

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ भने युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ २६ पैसा र बिक्रीदर १८१ रुपैयाँ १ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा कायम गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ एक पैसा र बिक्रीदर ११२ रुपैयाँ ४८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा छ ।

त्यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ सात पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४५ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७९ पैसा विक्रिदर ३७४ रुपैयाँ ३५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.52 144.12
eur (European Euro)
1 167.77 168.48
gbp (UK Pound Sterling)
1 193.76 194.57
chf (Swiss Franc)
1 180.26 181.01
aud (Australian Dollar)
1 96.73 97.14
cad (Canadian Dollar)
1 103.97 104.41
sgd (Singapore Dollar)
1 112.01 112.48
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 20.49 20.58
sar (Saudi Arabian Riyal)
1 38.27 38.43
qar (Qatari Riyal)
1 39.37 39.54
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.07 39.24
myr (Malaysian Ringgit)
1 35.37 35.52
krw (South Korean Won)
100 9.92 9.96
sek (Swedish Kroner)
1 15.61 15.68
dkk (Danish Kroner)
1 22.45 22.55
hkd (Hong Kong Dollar)
1 18.43 18.51
kwd (Kuwaity Dinar)
1 469.79 471.75
bhd (Bahrain Dinar)
1 380.73 382.32
omr (Omani Rial)
1 372.79 374.35
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार