२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday
साहित्य

यो कस्तो दौड ?

कसैले नपाएको के पाउनु छ अनि के छुट्यो र सधैं हतार हुन्छ तिमीलाई ?
कमला डिसी
कमला डिसी । साहित्यकार

हरक्षण के का लागि आफैंलाई बिर्सेर दौडिरहन्छौं ?
के प्राप्त गर्नुलाई यसरी ज्यान फालेर कुदिरहन्छौं ?
कसैले नपाएको के पाउनु छ अनि के छुट्यो र सधैं हतार हुन्छ तिमीलाई ?
के पाउँदैछौ र रातदिन नभनी यवत लागिरहन्छौं ?

यसरी दौडेर पाएको त दिगो नहुन पनि सक्छ,
कुदेर कमाएकोले कालान्तरमा साथ नदिन पनि सक्छ,
हतारमा हत्याएको तिम्रो आफ्नो हुन नसके फेरि के गर्छौ भोलि ?
प्रयत्नले प्राप्त आज पछि फेरि प्रयाप्त नलाग्न पनि सक्छ,

मूल्यवान कस्तो भौतिकता पाउन अमूल्य आफ्नो नैतिकता गुमायौ याद गर,
क्षणिक कस्ता खुशी कमाउन मनका कति आनन्द चुकायौ गमेर सोंच,
आखिर जति कमाए पनि जसरी जमाए पनि भोगाई बेगर लिएर जान त कसैले केही गरि नपाउने रहेछ नि,
प्राप्तीबाट कति सुखी हुन मनको कति सन्तोष लुटायौ मनन गर ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार