२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

बाँकेमा २० वटा नयाँ मतदान केन्द्र थपिए

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस २२ गते मंगलबार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २० वटा नयाँ मतदान केन्द्र थपिएका छन् । नयाँ मतदान केन्द्र थपिएसँगै बाँकेमा मतदान केन्द्रको संख्या ४०० पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार २० वटा नयाँ मतदान केन्द्र थपिएसँगै बाँकेमा मतदान केन्द्र ४०० पुगेका छन् भने जिल्लामा १३९ मतदानस्थल रहेका छन् । तीमध्ये एउटा मतदानस्थल नयाँ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार यसअघि बाँकेमा ३८० मतदान केन्द्र रहेका थिए । उनका अनुसार जिल्लामा कुल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएकोमा त्यसमध्ये १५ हजार १५० नयाँ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरोरिएको नाम हटाएपछि नयाँ मतदाताको सङ्ख्या केही घटेको उल्लेख गरे । अस्थायी मतदातको नामावली सङ्कलनलाई तीव्र बनाइएको उनले बताए ।

उनका अनुसार ६ हजारको हाराहारीमा अस्थायी मतदाता रहेको अनुमान गरिएको छ । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् भने तीन वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार