आयुर्वेद चिकित्सालय नरदेवीमा धेरै बिरामी गुदद्वार सम्बन्धी आउने गरेका छन् । जीवनशैलीमा आएको परिवर्तनले गुदद्वारसँग सम्बन्धित पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै गएको पाएको चिकित्सालयका निर्देशक डा.उपाध्यायले जानकारी दिए ।
चिल्लो खानपान, जङ्कफुड, एकै ठाउँमा लामो समयसम्म काम गर्नुपर्ने, शारीरिक अभ्यास कम जस्ता कारणलै अहिले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै गएका हुन् । उनका अनुसार भर्ना भएर उपचार गर्नै धैरै बिरामी पायल्स, फिस्टुला र फिसरका रहेको जानकारी दिए ।
विसं २०८१–०८२ को तथ्याङ्क अनुसार ११ हजार ५५३ जना गुदद्वार सम्बन्धी बिरामी छन् । उनका अनुसार चिकित्सालयमा भर्ना भएकामध्ये ६० प्रतिशत बिरामी पायल्स, फिस्टुला र फिसरसँग सम्बन्धित छन् । चिकित्सालयमा यी तिनै रोगको क्षारसूत्र विधिबाट सर्वसुलभ उपचार हुने भएकाले धेरै बिरामी आउने गरेको उनले बताए ।
समयमा नै उपचार नगरे रोग बल्झिएर क्यान्सरसमेत हुन सक्ने बताए । विसं १९७४ मा स्थापना भएको चिकित्सालयमा अहिले सामान्य चिकित्सा, शल्यचिकित्सा र अकुपञ्चर सेवाका साथै फिजियोथेरापी, सिटी स्क्यानसहित सेवा पनि सञ्चालन भइरहेको छ । चिकित्सालयमा विगत ६ महिनादेखि सिटी स्क्यान सञ्चालनमा आएको छ ।
सत्यपाटी