२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

जङ्गली हात्ती गाउँमा पस्दा आधा दर्जन घरमा क्षति

सत्यपाटीसत्यपाटी । सिरहा । २०८२ पुस २१ गते सोमबार

सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा शुक्रवार राति जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्चाउँदा आधा दर्जन घरमा क्षति पुगेको छ । चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेका हात्तीले घर भत्काउनाका साथै भण्डारण गरिएको अन्नपात र तरकारी बाली नष्ट गरेको छ ।

वडाध्यक्ष गडुलबहादुर जर्घा मगरका अनुसार हात्तीको समूहले भूपाल नाम्जेली मगर, जालबहादुर थापा मगर, भक्तबहादुर मगर, रामबहादुर थापा मगर, गोपाल थापा मगर र हरिबहादुर थापा मगरको घरमा क्षति पुर्याएका छन् । हात्तीले घरका साथै अन्नपात र करेसाबारीमा लगाएको तरकारीसमेत नष्ट गरेको उनले जानकारी दिए ।

स्थानीय हरीबहादुर मगरले हात्ती प्रवेश गरेपछि गाउँलेहरू त्रसित बनेको बताए । वडाध्यक्ष मगरका अनुसार बस्तीमा क्षति पुर्याएपछि हात्तीहरू दिनभर नजिकैको झाडी क्षेत्रमा बसिरहेका छन् । हात्ती धपाउन र थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको टोलीले निगरानी गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार