२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

गुप्तचरको एआइजीमा खड्काको बढुवा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २१ गते सोमबार

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआइजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा गएपछि असोज ५ गतेमा एआइजी टेकेन्द्र कार्कीलाईलाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरिएको थियो ।

कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै एक एआइजीको पद रिक्त थियो । तर साढे तीन माहिनासम्म सरकारले एआइजीमा कसैलाई बढुवा नगरी राखेको थियो । अन्ततः साढे तीन महिनापछि बढुवाको पहिलो दावेदारमा रहेका खड्का एआइजी बनेका छन् ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार