२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

कर्णालीमा सबैभन्दा बढी मतदाता सुर्खेत र कम डोल्पामा

कर्णाली प्रदेशबाट फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा १० लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या १० लाख ३७ हजार २५० पुगेको हो ।

कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार सबैभन्दा बढी मतदाता सङ्ख्या सुर्खेतमा दुई लाख ४८ हजार ९४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ मतदाता सङ्ख्या रहेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नौं लाख आठ हजार ४३३ मतदाता रहेकोमा २०८२ सालमा एक लाख २८ हजार ८१७ मतदाता थपिएर १० लाख ३७ हजार २५० पुगेका छन् ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार