नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको भाउ घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार १०० र चाँदी २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो ।
यता, गत शुक्रबार प्रतितोला चार हजार ५२५ रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हालसम्मकै उच्च पुस १४ मा चार हजार ८९५ रुपैयाँ पुगेको थियो ।
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार
सत्यपाटी