२०८२ पुस ३० , बुधबार 15, January 2026, Thursday

नदीमा फसेको डमरूको दुःखद मृत्यु

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ पुस १८ गते शुक्रबार

करिब दुई महिनाको बाघको बच्चा डमरू बुधबार बिहान जोगबुढा नदीमा फसेको अवस्थामा भेटियो । स्थानीयहरूले तुरुन्तै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरे पनि उद्धारमा ढिलाइ भयो ।

डिभिजन वन प्रमुखले उद्धार रोकिएको आरोप लगाए । तर निकुञ्जले प्राविधिक टोली समयमै पुगेको र डमरू माउसँगै भएको कारण उद्धार गर्दा ढिलाइ भएको दाबी गरेको छ । दुःखद रूपमा, डमरू नदीमा फसेर मृत्यु भयो । हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४४ बाघ संरक्षणमा छन् ।

प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार