२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

एयर इन्डियाका पाइलट क्यानाडामा गिरफ्तार

सत्यपाटीसत्यपाटी । नयाँ दिल्ली । २०८२ पुस १७ गते बिहीबार

भारतीय वायुसेवा ‘एयर इन्डिया’का एक जना पाइलट क्यानडामा गिरफ्तार भएका छन् । ती पाइलटलाई भ्यानकुभर विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । डिसेम्बर २३ मा उनी उक्त विमान लिएर नयाँ दिल्ली आउने तयारीमा थिए ।

त्यसअघि नै उनलाई नियन्त्रणमा लिइएको हो । समाचार एजेन्सीहरूका अनुसार ‘ड्युटी फ्रि शप’का एक कर्मचारीले ती पाइलटको मुखबाट मदिराको गन्ध आएको आधारमा विमानस्थलका अधिकारीलाई यसबारे सूचना दिएका थिए ।

सोही आधारमा ती पाइलटमाथि ‘ब्रेथ एनालाइजर’ टेस्ट गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । लगत्तै ती पाइलटलाई नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि, यो प्रकरण ढिलो गरी प्रकाशमा आएको हो । ती पाइलटलाई हाल भारतमै ल्याएर थप अनुसन्धान भइरहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार