आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष १६ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–द्वादशी, ४० घडी १२ पला, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–कृतिका, ४१ घडी १५ पला, बेलुकी ११ बजेर २६ मिनेट उप्रान्त रोहिणी ।
योग–साध्य, ३१ घडी ४४ पला, बेलुकी ७ बजेर ३८ मिनेट उप्रान्त शुभ । करण–बव, दिउँसो १२ बजेर ११ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–वृष । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १७ मिनेट । दिनमान २५घडी ५४ पला ।
आजको बार बेला
- बिहान ६ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ५७ मिनेटदेखि बिहान ८ बजेर १४ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ४९ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ५० मिनेटदेखि बिहान १२ बजेर ७ मिनेटसम्म रोग बेला ।
- दिउँसो १२ बजेर ८ मिनेटदेखि दिउँसो १ बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १ बजेर २५ मिनेटदेखि दिउँसो २ बजेर ४२ मिनेटसम्म चर बेला ।
- दिउँसो २ बजेर ४३ मिनेटदेखि बेलुकी ४ बजेर ० मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर १ मिनेटदेखि बेलुकी ७ बजेर ० मिनेटसम्म उद्वेग बेला ।
नोट – शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर २४ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
सर्वार्थसिद्धि योग
दिन र रात (अहोरात्र) सर्वार्थसिद्धि योग रहनेछ । यस योगमा गरेका काम सफल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्तको आगमन तथा रमाइलो भेटघाट हुने समय छ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा पनि आकर्षण ल्याउनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । आर्थिक प्रलोभन देखाउनेहरूबाट अलि सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । विशेष सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । पछिका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ । नयाँ अवसर प्राप्त भए पनि पुरानै काममा अलमल हुनेछ । मेसो नमिल्दा पनि पछि परिनेछ, समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत परे पनि काम बन्नेछ । जिम्मेवारी थपिन सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । थोरै उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्ने समय छ । यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । नतिजा कमजोर देखिनाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइको आगमनले आजको दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतको फल समयमै प्राप्त हुनाले उत्साह जाग्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् ।सानो सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । गुरुजनको साथ–सहयोग जुट्नेछ । शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । नयाँ अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्, सजग रहनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हिम्मतले काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा मनग्य फाइदा लिने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
