सुनजस्तो धातुको डल्लो देखाएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठगीमा संलग्न व्यक्तिहरूलाई खोजतलास गरि काठमाडौँको चुच्चेपाटीबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३, नख्खु बस्ने ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुर इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८, पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ (बिवासित स्याङ्तान) र नवलपरासी देवचुली नगरपालिका–१७ घर भई हाल ललितपुर एकान्तकुना बस्ने ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन् ।
गत मंसिर ८ गते थलीमा सुनजस्तै देखिने धातुको डल्लो देखाई दुई जना व्यक्तिबाट नगद पाँच लाख रुपैयाँ लिएर फरार भएका थिए । घटनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध ठगी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सत्यपाटी