२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

आज सोमबार कुन-कुन राशि हुँदैछन् मालामाल ? हेर्नुहोस् राशिफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १४ गते सोमबार

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल पुस १४ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पुस शुक्लपक्ष । तिथि–दशमी, ५१ घडी ४३ पला, रातको ३ बजेर ३६ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अश्विनी, ४९ घडी २० पला, रातको २ बजेर ३९ मिनेट उप्रान्त भरुणी ।

योग–शिव, ४७ घडी १६ पला, रातको १ बजेर ५० मिनेट उप्रान्त सिद्ध । करण–तैतिल, बेलुकी ४बजेर ४० मिनेट उप्रान्त गर, रातको ३ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १५ मिनेट । दिनमान २५घडी ५२ पला ।

आजको बार बेला

  • बिहान ६ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर १३ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर १४ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
  • बिहान ९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर ४९ मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर ७ मिनेटदेखि दिउँसो १ बजेर २३ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर २४ मिनेटदेखि दिउँसो २ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो २ बजेर ४२ मिनेटदेखि बेलुकी ३ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ० मिनेटदेखि बेलुकी ६ बजेर ५९ मिनेटसम्म चर बेला । नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल – बिहान ८ बजेर १२ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त – बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ । नयाँ कामको नेतृत्व लिन सफल भइनेछ । काममा साथ दिनेहरू पनि बढ्नेछन् । व्यवसायमा फाइदा हुनेछ । मान–सम्मान समेत प्राप्त हुने समय छ । भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मनग्य आम्दानी भए पनि प्राप्त रकम परिस्थितिवश खर्चनुपर्ला । मिहिनेत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ । अर्थ अभावले कुनै काम बीचैमा रोकिन सक्छ । पढाइलेखाइमा त्यति मन नजाला । अरूको भरण–पोषणमा खर्च बढ्नेछ । तापनि पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रोकिएको काम अग्रजहरूको सहयोगले बन्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ । शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन् । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । धेरैले कामको तारिफ गर्नेछन् । पदीय जिम्मेवारी प्राप्त हुन सक्छ । मान–प्रतिष्ठा कमाउने बेला छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । व्यवसाय र अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च बढ्नेछ । तत्काल फाइदा नभए पनि सम्भावना पहिचान गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । योजना गोप्य राखेर अघि बढ्नुहोला, चाँडै लाभ उठाउन सकिनेछ । चुनौती चिर्दै काम बनाउने समय छ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने समय छ । व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । पछिसम्म फाइदा हुने दिगो काम थालनी हुने अनुकूल समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ । तर बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार