२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

रवि र बालेनले छान्दै रास्वपाका समानुपातिक उम्मेदवार

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १३ गते आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उमेदवार पार्टी सभापति रवि लामिछाने र बालेन साह बसेर छान्ने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपाबाट भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन रविसँग सहमति गरेसँगै आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक उम्मेदवार दुवैजना बसेर छान्ने भएका हुन् ।

रास्वपाका नेता शिशिर खनालले समानुपातिक सूची बुझाउने म्याद भोलि सम्ममात्रै बाँकी रहेकाले दुवै जना बसेर सूची तयार गर्ने जानकारी दिए । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको राजनीतिक दलहरुलाई समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने समय भोलिसम्म दिएको छ ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार