२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

बालेनलाई रास्वपामा दोस्रो वरीयता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १३ गते आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई सभापति रवि लामिछानेको पछि दोस्रो वरीयतामा राख्ने सहमति भएको छ । आइतबार दुवै नेताबीच सात बुँदे सम्झौता भएको हो ।

सम्झौता अनुसार बालेन शाह आगामी निर्वाचनमा रास्वपाको प्रधानमन्त्री उम्मेदवार बन्ने र निर्वाचनपश्चात संसदीय दलको नेता हुनेछन् । तर पार्टीमा उनी कुन पदमा रहने भन्ने कुरा उल्लेख गरिएको छैन । सहमतिमा युवा अभियन्ता र अनुभवी विज्ञलाई संगठनमा समायोजन गर्ने कुरा मात्र उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार