२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

एमालेका उपमहासचिवले भने, ‘राजनीतिमा बाह्य चुनौति थपियो’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १३ गते आइतबार

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै राजनीतिमा बाह्य चुनौति थपिएको बताए ।

सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौति बढेपनि भागेर होइन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरे । यस्ता चुनौतिलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईको भनाइ छ । उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह पनि गरेका छन् । कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार