२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

‘बृहत् एकता’पछि रवि र बालेनले के भने ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १३ गते आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ ।

आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ ।

यो सहमतिसँगै रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ यता बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो शेयर गर्दै ‘शुभप्रभात’ लेखेका छन् ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार