देशका केही स्थानमा भोलि आइतबार वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना देखिएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ ।
आज देशका अधिकांश भूभागमा मौसम आंशिक बदली रहनेछ । दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
राति तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार
सत्यपाटी