२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

आज दिनभर तराईमा हुस्सु र कुहिरो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १२ गते शनिबार

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । त्यस्तै आज राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका मौसमविद् बिनु महजर्नका अनुसार अहिले काठमाडौँ उपत्यकामा पनि हुस्सु लागेको छ । ‘यहाँ यतिबेला भिजिबिलिटी (पारदर्शिता) तीन किलोमिटर छ,’ उनले भनिन् । मौसम महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ ।’

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार