रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच शनिबार पुनः एकता हुने भएको हो ।
गत भदौमा अलग अलग भएका रेशम र रञ्जिता फेरी एक हुने भएका हुन् । रञ्जितासँग विवाद पछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
त्यसपछि उनले कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । रञ्जिता नागरिक उन्मुक्ति पार्टी नेपालमा समाहित हुन तयार भएको र नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह रहने सहमति भएको बताइएको छ ।
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार
सत्यपाटी