प्रतिकूल मौसमका कारण शुक्रबार अपराह्नसम्म पनि देशभरका पाँच विमानस्थलमा उडान तथा अवतरण सञ्चालनमा आउन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित बनेको छ ।
काठमाडौं विमानस्थलमा भने अवतरण जारी छ । कम भिजिबिलिटीका कारण अहिले तराईका अधिकांश विमानस्थलको सेवा अबेरमात्र सुरु हुने गरेको छ । यसबाट सयौँ यात्रु प्रभावित हुने गरेका छन् ।
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार
सत्यपाटी