२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

पूर्वरथी बालानन्द परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ११ गते शुक्रबार

वर्तमान सरकारमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज (शुक्रबार) परराष्ट्रमन्त्री बन्दै छन् । आजै दिउँसो २ बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।

शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ । अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार