२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

आज कति छ विदेशी मुद्रा मूल्य ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ११ गते शुक्रबार

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०५ रुपैयाँ २५ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा तोकिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६८ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ । बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.36 143.96
eur (European Euro)
1 168.94 169.65
gbp (UK Pound Sterling)
1 193.87 194.68
chf (Swiss Franc)
1 182.03 182.79
aud (Australian Dollar)
1 96.06 96.46
cad (Canadian Dollar)
1 104.81 105.25
sgd (Singapore Dollar)
1 111.63 112.09
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 20.46 20.55
sar (Saudi Arabian Riyal)
1 38.22 38.38
qar (Qatari Riyal)
1 39.32 39.49
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 39.03 39.20
myr (Malaysian Ringgit)
1 35.44 35.59
krw (South Korean Won)
100 9.92 9.97
sek (Swedish Kroner)
1 15.63 15.69
dkk (Danish Kroner)
1 22.60 22.70
hkd (Hong Kong Dollar)
1 18.44 18.52
kwd (Kuwaity Dinar)
1 466.70 468.66
bhd (Bahrain Dinar)
1 380.06 381.65
omr (Omani Rial)
1 372.35 373.91
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार