२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

पाँच वर्षपछि भारतीय सैनिकलाई सामाजिक सञ्जाल चलाउन अनुमति

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १० गते बिहीबार

भारतीय सेनाका जवानले पाँच वर्षपछि फेरि सामाजिक सञ्जाल एप प्रयोग गर्न पाउने भएका छन् । सन् २०२० मा लगाइएको प्रतिबन्ध केही सर्तसहित हटाइएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार नयाँ निर्देशिका अन्तर्गत सैनिकहरूले इन्स्टाग्राम रिल, फोटो र भिडिओ हेर्न पाउने छन्, तर टिप्पणी गर्न अनुमति छैन ।

गैरगोप्य जानकारी ह्वाट्सएप र टेलिग्रामजस्ता एपमा साझा गर्न सकिन्छ । साथै युट्युब र एक्सलाई सूचनामूलक उद्देश्यका लागि मात्र प्रयोग गर्न सकिन्छ । लिंक्डइन, स्काइप र सिग्नलका लागि पनि नयाँ निर्देशिका जारी गरिएको छ ।

२०२० मा भारत सरकारले सेनाका कर्मचारी र अधिकारीहरूलाई आफ्नो फोनबाट ८९ एप हटाउन आदेश दिएको थियो, जसमा डेली हन्ट समाचार एप, फेसबुक, इन्स्टाग्राम, टिकटक, जुम र पबजी थिए । यी एप देशका संवेदनशील जानकारी चुहावटको जोखिमसँग जोडिएका थिए ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार