२०८२ माघ १ , बिहीबार 16, January 2026, Friday

पुस १४ गते कार्की आयोगमा बयान दिँदै रमेश लेखक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १० गते बिहीबार

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन् । बिहिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता लेखकले आयोगले सोधपुछका लागि बोलाएको र आफूले जाने निर्णय गरेको जानकारी दिए ।

‘आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ, र मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने । उनका अनुसार आयोगले भोलि (शक्रबार)का लागि बोलाएको भए पनि समय व्यवस्थापनका कारण आफूले १४ गते जाने जानकारी गराएको बताए ।

आयोगमा जाने विषयमा पार्टी समापति शेरबहादुर देउवासँग छलफल भयो कि भएन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे कुनै कुराकानी नभएको बताए । ‘यो विषयमा छलफल भएको छैन, मैले जाने निर्णय गरेको छु,’ उनले भने ।

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउनु कानुनसम्मत नहुने बताएका थिए । ओलीले आफू बयानमा नजाने आडन कायमै राखेका छन् ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार