२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

दाङमा फरार प्रतिवादी खोजतलास अभियान

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ पुस ९ गते बुधबार

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली खटिएर गरिएको खोजतलासका क्रममा विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रवक्ता शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा तीन लाख ७६ हजार ८५३ जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।

साथै उनीहरूलाई जम्मा चार वर्ष छ महिना १५७ दिन कैद सजाय तोकिएको छ । पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको पनि प्रवक्ता शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार