२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

प्रहरीमा १७० सईमा बढुवा, २९३ वरिष्ठ सईको सरुवा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ८ गते मंगलबार

नेपाल प्रहरीले १७० जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले आवश्यक प्रक्रिया पूरा भएका प्रहरी सहायक निरीक्षकहरूलाई नायव निरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसैबीच, नेपाल प्रहरीले २९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार विभिन्न निकायमा कार्यरत वरिष्ठ नायव निरीक्षकहरूको प्रशासनिक सरुवा गरिएको हो ।

प्रहरी नायव निरीक्षक पदमा बढुवा सूची

Skip to PDF content

प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा सूची

Skip to PDF content

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार