२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

मतदाताको संख्यामा ५.६५ प्रतिशत वृद्धि

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ७ गते सोमबार

अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०७९ सालको निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या ५.६५ प्रतिशतले बढेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी सर्वपक्षीय छलफलका क्रममा प्रस्तुतीकरण गर्दै उनले सो जानकारी गराएका हुन् । निर्वाचन आयोगका तथ्यांकअनुसार हाल देशभर मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० थियो । यसपटक १० लाख १६ हजार ७५४ मतदाता थपिएका छन् । तीमध्ये १० लाखभन्दा बढी मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक मतदान गर्नेछन् ।

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार