नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । तर, युरो, कुबेती दिनारसहित कतिपय मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ ।
आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा छ । हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ७० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा थियो । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 142.54 | 143.14 |
|
eur (European Euro)
|
1 | 166.91 | 167.61 |
|
gbp (UK Pound Sterling)
|
1 | 190.70 | 191.51 |
|
chf (Swiss Franc)
|
1 | 179.22 | 179.97 |
|
aud (Australian Dollar)
|
1 | 94.25 | 94.64 |
|
cad (Canadian Dollar)
|
1 | 103.28 | 103.71 |
|
sgd (Singapore Dollar)
|
1 | 110.24 | 110.70 |
|
jpy (Japanese Yen)
|
10 | 9.03 | 9.07 |
|
cny (Chinese Yuan)
|
1 | 20.24 | 20.33 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 38.00 | 38.16 |
|
qar (Qatari Riyal)
|
1 | 39.00 | 39.16 |
|
thb (Thai Baht)
|
1 | 4.54 | 4.55 |
|
aed (UAE Dirham)
|
1 | 38.81 | 38.97 |
|
myr (Malaysian Ringgit)
|
1 | 34.96 | 35.11 |
|
krw (South Korean Won)
|
100 | 9.66 | 9.70 |
|
sek (Swedish Kroner)
|
1 | 15.38 | 15.44 |
|
dkk (Danish Kroner)
|
1 | 22.34 | 22.44 |
|
hkd (Hong Kong Dollar)
|
1 | 18.32 | 18.40 |
|
kwd (Kuwaity Dinar)
|
1 | 463.94 | 465.89 |
|
bhd (Bahrain Dinar)
|
1 | 378.11 | 379.70 |
|
omr (Omani Rial)
|
1 | 370.23 | 371.79 |
सत्यपाटी