२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ७ गते सोमबार

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल पौष ७ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–द्वितीया, ७ घडी २७ पला, बिहान ९ बजेर ५१ मिनेट उप्रान्त । नक्षत्र–उत्तराषाढा, ५५ घडी १३ पला, रातको ४ बजेर ५८ मिनेट उप्रान्त श्रवण ।

योग–ध्रुव, २५ घडी २२ पला, बेलुकी ५ बजेर ११ मिनेट उप्रान्त व्याघात । करण–कौलव, बिहान ९ बजेर ५१ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु , बिहान ९ बजेर ५४ मिनेट मकर । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २५ घडी ५० पला ।

आजको बार बेला ।

बिहान ६ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर १० मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ११ मिनेटदेखि बिहान ९ बजेर २७ मिनेटसम्म शुभ बेला ।
बिहान ९ बजेर २८ मिनेटदेखि बिहान १० बजेर ४५ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ४६ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म उद्वेग बेला ।
दिउँसो १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर २० मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर २१ मिनेटदेखि दिउँसो २ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
दिउँसो २ बजेर ३८ मिनेटदेखि बेलुकी ३ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
दिउँसो ३ बजेर ५६ मिनेटदेखि बेलुकी ६ बजेर ५५ मिनेटसम्म चर बेला ।

नोट – शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल : बिहान ८ बजेर ९ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त : बिहान ५ बजेर १६ मिनेटदेखि बिहान ६ बजेर ४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ । काम रोकिनाले मन खिन्न रहनेछ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या पर्ला । आम्दानी रोकिनाले केही योजना रोकिन सक्छन् । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साथीभाइसँग रमाइलो भेट हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायमा आम्दानी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ । भौतिक साधन जुट्नेछ । मिहिनेतले चिताएको काम बनाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ । आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतिस्पर्धीसँग केही सम्झौता गर्नुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ । अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । अवसर प्राप्त भए पनि काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ । तर अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । नियमित काम भने सम्पादन हुनेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेट हुनेछ । पेसा–व्यवसायमा फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । परिस्थितिवश काममा बाधा पुग्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आयस्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार