२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

चिसो बढेपछि खजुरा गाउँपालिकाको गर्‍यो यस्तो आग्रह (सूचनासहित)

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ६ गते आइतबार

बाँकेमा शीतलहर चलेसँगै चिसो अध्याधिक बढ्न थालेपछि नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँकेको खजुरा गाउँपालिकाले अत्यन्त जाडो र शीतलहर बढ्दै गरेकोले जाडो तथा शितलहरको जोखिमबाट बच्न नागरिकहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले आज एक सूचना जारी गर्दै शीतलहर चल्न थालेपछि नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गर्दै सहायताका लागि खजुरा गाउँपालिकाको कार्यालय अन्तरगत वातावरण तथा विपद व्यवस्थापन शाखामा सम्पर्क राख्न पनि गाउँपालिकाबासीमा अनुरोध गरिएको छ ।

गाउँपालिकाले शीतलहरको जोखिमबाट सुरक्षित रहन आग्रह गर्दै चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यानो लुगा लगाउन भनेको छ । तातो तथा पोसिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गर्न र धुमपान तथा मद्यपान नगर्न, ज्येष्ठ नागरिक, शिशु, बालबालिका, गर्भवती महिला वा असक्त व्यक्तिलाई अत्याधिक चिसोबाट जोगाउन विषेश आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार