२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भरतपुर लगियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ४ गते शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगिएको छ । मौसमको खरावीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा समयमै उडान नभएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुर बिमानस्थल र त्यहाबाट सडकमार्ग हुँदै भैरहवा लगिएको हो ।

भरतपुर बिमानस्थलबाट सडकमार्ग हुँदै भैरहवा जाने क्रममा समर्थकहरूले चितवनमा रविको पक्षमा नारावाजी गरेका थिए । भैरहवा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि रवि रिहा हुनुहुने बताइएको छ । यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

यसैबीच रास्वपाले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुक्रबार विज्ञप्ती जारी गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीको रहेका विज्ञप्तीमा उल्लेख छ । कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने अर्यालले जनाएका छन् ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार