सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह तथा उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो ।
शुक्रबार प्रकाशित सूचना अनुसार दरखास्त फाराम पुस ११ गतेदेखि माग ११ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ । तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार
सत्यपाटी