राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न तुलसीपुर उच्च अदालतको बुटवल इजलासले आदेश दिएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको हो ।
सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले आज (बिहिबार) थुनामुक्त गर्ने आदेश गरेको हो । सहकारी ठगीको अभियोगमा लामिछाने २२ चैत २०८१ देखि लामिछाने पुर्पक्षका लागि थुनामा रहेका थिए ।
भैरहवा कारागारमा रहेका बेला लामिछानेले रूपन्देहीमा दर्ता भएको मुद्दाका आधारमा आफ्नो भागमा परेको बिगोबापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी दाखिला गर्दै थुनामुक्त हुन पाउने माग गर्दै १९ साउनमा निवेदन दर्ता गराएका थिए । सहकारी मुद्दामा बिगो मागिए बमोजिम रकम सबैलाई भाग लगाउँदै आफ्नो भागमा पर्ने छुट्याएर प्रभु बैंकको म्यारेन्टीपत्र निवेदनसाथ लामिछानेले बुझाएका थिए ।

सत्यपाटी